दफा ६०
बाधा अड्काउ फुकाउने अधिकार
(१) यस ऐनको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनको व्यवस्थासंग नबाझिने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी गरिएको प्रत्येक आदेश यथासंभव जाँडो संसद समक्ष राख्नु पर्नेछ ।